चितवन । चितवनको जारी निशेधाज्ञाको १० दिनको अवधिमा संक्रमतिको संख्या घट्दै गएपछि निशेधाज्ञालाई केही खुकुलो गर्ने तयारी गरिएको छ । जारी निशेधाज्ञा भोलि राती १२ बजे सकिदैछ । प्रशासनले सिसिएमसी सहित सरोकारवाला संँगको बैठक र छलफल गरेपछि निर्णय गरिने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भीड हुने सरकारी कार्यालयको हकमा भने थपिने निशेधाज्ञा पूर्ववत रहने बताए । आज जारी गरिने आदेशमा बजार क्षेत्र केही खुल्ला गरी समय थपिन सक्ने शर्माको भनाई छ । ‘यो निशेधाज्ञाको अवधिमा सक्रिय संक्रमितको संख्या ३७०० बाट १७०० मा झरेको छ, उनले भने, भोलिबाट लागुहुने निशेधाज्ञामा व्यवसाय क्षेत्र केही खुकुलो होला ।’ छलफल पछि चितवन प्रशासनले निशेधाज्ञा आजनै जारी गरिने बताएको छ । अब थपिने निशेधाज्ञा बढीमा ७ दिन देखि १० दिनसम्म रहने शर्माको भनाई छ ।