चितवन। चितवनको कालिका नगरपालिका ७ शक्तिखोरमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सिताराम श्रेष्ठका छोरा १६ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । आज दिउँसो २:१५ बजे स्थानीय कयरखोलाको बाधमा पौडी खेल्ने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरी चौकी जुटपानी र ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले शव खोलाबाट निकालेको थियो । शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।