काठमाडौँ। संसदीय समितिले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै कक्षा १२ को बोर्ड परीक्षा यथाशीघ्र सञ्चालन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
“संसदीय समितिले नेपाल सरकारलाई निर्देशन दिए पनि सरकारले राष्ट्रिय परिक्षा बोर्डलाई कुनै अैपचारिक पत्र नपठाएको” चितवन प्रेससँग कुरा गर्दै परिक्षा बोर्डका नारायण पोख्रेलले बताए । यदि सरकारले पत्र पठाएमा राष्ट्रिय परिक्षा बोर्ड परिक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेको पनि उनले बताए ।