चितवन । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा सौराहा फुटवल क्लवले जित निकालेको छ ।
युनिक युथ क्लव बसेनीलाई ५ का विरुद्ध ६ गोलको अन्तरले पछिपार्दै सौराहा फुटवल क्लवले जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटको आधारमा नतिजा निकालिएको थियो । निर्वारित समयमा दुबै टिमले दुई दुई गोल गरेका थिए । सौराहाका लागि अमृत श्रेष्ठ र अनुप चौधरीले समान एक एक गोल गरेका थिए भने युनिकका लागि रेशम गुरुङले दुई गोल गरेका थिए ।
सो प्रतियोगितामा सौराहा फुटवल क्लवका खेलाडी निश्चल चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई एभिन्यू एजुकेशन कन्सल्टेन्सीका सञ्चालक अमृत खरेलले शिल्ड र मेडल हस्तान्तरण गरेका थिए । शनिवारको खेल आयोजक क्लव बी र सुन्डी फुटवल क्लव बीच हुने क्लवका अध्यक्ष बसन्त रानमगरले जानकारी दिए ।