चितवन । फोर्ब्स कलेजमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु बीच ‘फ्रुट कार्विङ’ प्रतियोगिताको आयोजना गरिएको छ । सामान्य फलफुललाई काटेर आकर्षक बनाउने तरिकाको बारेमा प्रतियोगिता गरिएको हो । कलेजमा तेस्रो र पाचौँ सेमेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरु बीच प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल हरि पाठकले जानकारी दिए ।
पहिलो चरणमा १५ वटा समूह बनाएर विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । दोस्रो चरणमा सात वटा समूह प्रवेश गरे । एउटा समूहमा तीन देखि चार जनासम्म विद्यार्थी सहभागी थिए । प्रतियोगितामा समूह नं २ पहिलो, समूह नं ११ दोस्रो र समूह नं ५ तेस्रो भएको हो ।
पहिलो हुने समूहमा विनिता ढकाल, शिवानी कुँवर, अनुसा पौडेल, दोस्रो हुने समूहमा अलिशा पौडेल, सपना ओझा, विना शुस्लिङ मगर, रश्मी परियार र तेस्रो हुने समूहमा राज राना मगर, विकास चौधरी र बविन थापा रहेका छन् ।
कलेजको वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिताको आयोजना गरिएको एचएम विभागका प्रमुख योगेन्द्र मण्डलले जानकारी दिए । सामान्य खानेकुरालाई पनि कसरी आकर्षक बनाउन सकिन्छ भन्ने कुराको विषयमा विद्यार्थीहरुलाई व्यवहारीक शिक्षा दिन प्रतियोगिताको आयोजना गरिएको उनले बताए । कलेजले चितवन र नवलपुरका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीबीच पनि यस्ता कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।