काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ३०० ले घटेको सुनको भाउ सोमवार रू. २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ९०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । आइतवार प्रतितोला रू. १ हजार १८० मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार १९० मा किनबेच भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदी रू. १० ले बढेको हो ।