चितवन । चितवन क्षेत्र न ३(ख)को मतगणनामा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले झिनो अग्रता लिनुभएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १३ को मतगणना पुरा भई वडा नं. १४ को (५५९९ मत) गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ढकालले १९५५, राप्रपाका उम्मेदवार रिना गुरुङले १६६९ र नेकपा (एमाले)का प्रदेशसभा उम्मेदवार सरस्वती बिष्टले १२०१ मत पाउनुभएको हो ।