चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना सुन्न मतदाताहरु आतुर छन् । त्रिपक्षिय भिडन्तको रुपमा लिइएको यस ठाउँ अन्य ठाउँको तुलनामा रोचक रुपमा लिइएको छ ।
विशेषता प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका स्वतन्त्र पार्टीका रवि लामिछाने, एमालेका कृष्णभक्त पोख्रेल र गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको मतलाई लिएर जनता आतुर देखिन्छन् ।
पछिल्लो मतपरिणाम अनुसार घण्टी मतको मतान्तर रवि लामिछाने ३ हजार १४३, उमेश श्रेष्ठ ३ हजार ३१२ र कृष्णभक्त पोखरेलको ३ हजार ६८७ रहेको छ ।