चितवन। युवा कवि सुमन घिमिरेको दुई वटा काव्य कृति एकै पटक लोकार्पण गरिएको छ । नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ चितवनको सौराहाको होटल जंगल सफारीमा लोकार्पण गरिएको हो।
नियात्राकार प्रतिक ढकालले लोकार्पण गरेका दुई संग्रह मुलुकको समसामयिक विषयवस्तुमा ध्यानर्कषण गरिएको कवि घिमिरेले बताए । उनको ‘सुनको टप’मा ४१ वटा कविता र ‘साइक्लोन अफ फायर’ कवितामा नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएकोका विषयहरुमा केनिद्रत छ ।
कवि घिमिरेको वि.सं.२०६८ मा पहिलो कविता संग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी दश वर्षको बीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई यस संग्रहमा स्थान दिएको कवि घिमिरेले बताए ।
कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समिक्षा गरेका थिए । यस्तै कविताको समिक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कविता मार्फत चित्रण भएको बताए । दुई कृतिको प्रकाशक गोर्खा पब्लिकेशन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा कार्यक्रम भएको थियो।