काठमाडौं । चीनबाट आज थप ८ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोर्फाम कम्पनीसँग खरिद गरेको ६० लाख डोज खोपमध्ये आज थप ८ लाख डोज खोप आज ल्याइएको हो ।
योसँगै हिजो र आज गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्नेछ ।