चितवन । चितवनमा सेवा दिईरहेका इन्टरनेट सेवा प्रदायकको बक्यौतामा कडाई गरेपछि विद्युत प्राधिकरणले उठायो आज एकैदिन ३२ लाख रुपैयांँ उठाउन सफल भएको छ । बारम्बार ताकेता गर्दापनि ती कम्पनीहरुले बर्षौसम्म प्राधिकरणको बक्यौता तिरेका थिएनन ।
राजश्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाएपछि प्राधिकरणले राजश्व संकलनलाई पनि तीब्रता दिएको हो ।
विद्युत् प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर पोल प्रयोग गरे वापत राजस्व लिने कार्यविधि बनाए पनि कम्पनीहरुले राजस्व तिर्न आनाकानी गर्दै आएका छन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहले बिहिबार चित्रवन केवल नेटवर्कबाट ३० लाख ५५ हजार ६८ रुपैंया र कनेक्ट नेपाल नेटवर्कबाट १ लाख ७७ हजार ९ सय ६५ रुपैंया राजश्व अशुल गरिएको जानकारी दिए ।
प्राधिकरणले सेवा विस्तारमा रोक लगाएपछि अन्य कम्पनीहरुले पनि राजश्व तिर्ने सहमती गरेको ो सिंहले बताए । विद्युतको पोल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क नतिरेर केबल र इन्टरनेट प्रदायक संस्थाले राजश्व चुहावट गर्दै आएका थिए ।
इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमत पोल चार्ज बापत पोल भाडा अवस्था हेरेर झण्डै नौ हजारदेखि १४ हजार प्रति किमी तिर्नुपर्ने हुन्छ । यदि कुनैपनि कम्पनीले अझै अटेरी गरेमा लाइन बिस्तार कार्य रोक्ने, अटेरी गर्नेको केबल काट्ने तथा दोस्रो चरणमा कनुनी दायरा भित्र नआउने सबै सेवा प्रदायक लाई नियमअनुसार कारबाही प्रकृया अघि बढाउने प्रमुख सिंहले बताए । उनले केबल र इन्टरनेट प्रदायकको पुरानो सेवा अबरुद्ध नगरेको भन्दै नयाँ विस्तारमा भने रोक लगाएको बताए ।
प्राधिकरणले विद्युतिय संरचना प्रयोग गरी नेटवर्क बिस्तार कार्य सम्झौता नगरी नगर्न नगराउन सबैलाई सूचना जारी गरेको छ । प्राधिकरणको आग्रहलाई बेवास्ता गरी बिस्तार गरेको भेटिए कडा कारवाही गरिने जारी सूचनामा उल्लेख छ ।