रुपन्देही। संखुवासभा र तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिएका छन् । जसले ४ वर्षीया नाबालिकादेखि ५१ वर्षकी महिलासमेत बलात्कार गरेका हुन् ।
पक्राउ पर्नेहरुमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको मायादेवी गाउँपालिका–८, बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारु, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने कञ्चन गाउँपालिका–४ बेलडाँडाका ५२ वर्षीय नेत्रबहादुर कुँवर रहेका छन् ।
त्यस्तै, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने संखुवासभाको भोटखोला गाउँपालिका–४ गोला दोबाटोका ६५ वर्षीय जिम्बा भोटे तथा २० वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलका ६२ वर्षीय पुरुषलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।