काठमाडौं । नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक राजधानीको अनुपम फुडल्याडमा बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने गरी प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिस्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने विषय पनि प्रतिवेदनमा समावेश हुने उनको भनाइ छ ।