चितवन । चितवनको कालिका नगरपालिकाका सामुदायिक वनमा निर्भर रहेका पाँच घरपरिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले बाख्रा वितरण गरेको छ ।
कालिका नगरपालिकामा आयोजित एक कार्यक्रममा कालिका नपा ८का वडाध्यक्ष इमप्रसाद अधिकारी र महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुङ्गानाले सामुदायिक वनमा निर्भर रहेका पाँच घरपरिवारलाई बाख्रा वितरण गर्नु भएको थियो ।
कोभिड १९को कारण सामुदायिक वनमा निर्भर रहेका पाँच घरपरिवारको दैनिकिमा परेको असरलाई केहि सहज हुने विश्वासको साथ बाख्रा वितरण गरेको स्थानिय परियोजना संयोजक पुजा रेग्मीले वताइन ।