काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।
बैठकमा केन्द्रीय कमिटीको तयारीको विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।