चितवन । चितवनमा करीब सवालाखले लगाए पूर्णखोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार बिहिबारसम्म एक लाख १६ हजार ८२४ जनाले पूर्ण मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् ।
२९ हजार २९१ जनाले कोभिसिल्ड, ५० हजार १६ जनाले भेरोसेल र ३७ हजार ५१७ जनाले जान्सेनको पूर्ण मात्राको खोप लगाएका कार्यालयले जनाएको छ । कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाले आज (शुक्रबार) लगाउँदै छन् ।
यस्तै एक लाख २० हजार दुई जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । ३९ हजार ९२१ जनाले कोभिसिल्ड र ८० हजार ८१ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । अब उनीहरुले दोस्रो मात्रा लगाउन बाँकी छ ।