काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २८३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा रू. ४ करोड ४४ लाख ९६ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. १७ करोड ६ लाख ३१ हजार पुगेको हो ।
गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी ९८ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. २ अर्ब रहेको छ भने जगेडामा रू. ३९ करोड ५५ लाख ७७ हजार सञ्चित गरेको छ ।
गत आवमा कम्पनीले रू. १ अर्ब ४५ करोड ६४ लाख बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ५३, मूल्य आम्दानी अनुपात ८८ दशमलव ३८ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव २३ रहेको छ ।