चितवन ।जिल्ला प्रशासन कार्यालय चितवनले यस अघिको आदेशलाई संशोधन गर्दै औषधि, अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री सम्बन्धि पसल, एग्रोभेट, बिउ बिजन, रासायनिक मल र भेटेनरी औषधि पसल सधैं खोल्न पाउने जानकारी दिएको हो ।
यस अघिको आदेशमा एग्रोभेट, बिउ बिजन, रसायनिक मल र भेटेनरी औषधि पसल दैनिक बिहान बजेसम्म मात्रै खोल्ने पाइने उल्लेख थियो । अब खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी माछा/मासु, अण्डा, चल्ला, दाना तथा खाना पकाउने ग्याँस सम्बन्धी पसल पूजा सामग्री पसल दैनिक बिहान १०:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । दुध डेरीको भने बेलुका ५:०० बजेदेखि ७:०० बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।