काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का तीन हजार ९०४ जना संक्रमित थपिएका छन् ।
१६ हजार ६५६ स्वाब वटा नमुनाको परीक्षण गर्दा तीन हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।