काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
बुधबार उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् । उनले प्रदेशसभाको विशेष अधिवेशनअघि नै राजीनामा दिएका हुन् ।
नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरु प्रदेश प्रमुखकोमा रहेको र राजीनामा दिइएको जानकारी दिए ।