भरतपुर । पछिल्लो समय कोरोना संक्रमण बढ्नै जान थालेपछि चितवनमा निषेघाज्ञा कडा पार्दै लगिएको छ । यसैक्रममा कतिपय निशेधाज्ञा उल्लंघनका घटनामा समेत तीब्रता पास्को परिप्रेक्ष्यमा कारवाही प्रक्रियालाई पनि कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्दै अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आदेश जारी गरेको छ ।
यसै क्रममा नारायणगढ बजार क्षेत्रमा पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरी निषेधाज्ञाको उल्लघंन गरी होटल तथा पसल सञ्चालन गर्ने २० जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।