काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन् ।
“काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने,” निर्णयमा भनिएको छ, “कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नराख्ने । सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने । चालक र सहचालकले अनिवार्य मास्क र माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।”
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।