काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट संरक्षित वन्यजन्तु जीवित भैँसेगोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका–५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैँसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका–५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।
संरक्षित वन्यजन्तु अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुले अवैध रूपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको ब्युरोले जनाएको छ ।