काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा रू. ५ करोड ८१ लाख ६९ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २१ लाख ९२ हजार नाफा कमाएको हो ।
गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा सामान्य वृद्धि भएको र वित्तीय लागत कम भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीले अघिल्लो आवमा विद्युत् विक्री आम्दानी रू.१४ करोड ६६ लाख ९२ हजार रहेकोमा गत अवामा वृद्धि भएर रू. १४ करोड ९६ लाख पुगेको हो । त्यसैगरी कम्पनीको वित्तीय खर्च अघिल्लो आवमा रू. ३ करोड ६५ लाख ८० हजार रहेकोमा गत आवमा घटेर रू. २ करोड ५१ लाख ५६ हजार सीमित भएको छ ।
चुक्तापूँजी रू. ४० करोड ७७ लाख ५ हजार रहेको कम्पनीले जगेडा कोषमा रू. १३ करोड ३६ लाख ३३ हजार सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ६८,मूल्य आम्दानी अनुपात ४३ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ७७ रहेको छ ।