चितवन ।ट्याक्सीको ठक्करबाट मोटरसाइकल सवार एकजनाको मृत्यु भएको छ । रत्ननगर–१२ निवासी सन्देश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार राती रत्ननगर नगरपालिका–१ सौराहाचोकबाट सौराहातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००२ प ८९३१ नम्बरको मोटरसाईकलले पैदलयात्रुलाई ठक्कर दिई विपरित दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्किदा मोटरसाइकलमा सवार चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलले ठक्कर दिई घाइते भएका रत्ननगर१ निवासी कृष्णलाल श्रेष्ठको भने अबस्था सामान्य रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ