काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी अझै नियन्त्रणमा आउन ससकेको छैन । दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
“आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर, नियन्त्रणमा आइसकेको छैन । केही कम भने भएको छ,” एसएसपी सिंहले भने ।
नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।