वाशिङटन डीसी (अमेरिका) । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोलले अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
अमेरिकी आर्थिक पत्रिका फोर्ब्सका अनुसार बिहीवारसम्ममा आर्नोलको नेटवर्थ १ खर्ब ९९ डलर रहेको छ । बेजोसको भने १ खर्ब ९३ अर्ब डलर छ ।बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो ।
टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति भने १ खर्ब ८४ अर्ब डलर रहेको छ । आर्नोल यसअघि पनि विश्वकै धनी व्यक्ति बनेका थिए । एजेन्सीहरु