चितवन । बजारमा व्यापक महगी, कालोबजारी, मुल्य वृद्धि लगाएका जनगुगासो आएपछी भरतपुर महानगरपालिकाको बजार अनुगमन निकै तिब्र रुपमा अगाडि बढेको छ । गत भदौ महिना देखि नै महानगरले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने स्थानीय बजारहरुमा अनुगमन शुरु गर्दै आइरहेको छ ।
महानगरले हाल सम्म नारायणगढ, भरतपुर, रामनगर र जुगेडी बजारमा अनुगमन गरिसकेको जनाएको छ । बिहिवार मात्रै महानगरले पश्चिम भरतपुरको चनौली बजारमा अनुगमन गरेको छ । भरतपुर १८ का वडा अध्यक्ष र २० का वडा अध्यक्षको रोहबरमा उक्त अनुगमन गरिएको हो । अनुगमनमा दुबै वडाका अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुको पनि सहभागिता रहेको थियोे । चनौली बजारमा आज मात्रै ४० वटा पसलमा अनुगमन गरेको हो ।
बिशेष गरि मिठाइ पसल, किराना पसल, फ्रेस हाउस, फेन्सी तथा कपडा पसल, फर्निचर तथा रक्सी पसलहरुमा अनुगमन गरिएको हो, अनुगमन टोलिका सयोजक तथा महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले भने । अनुगमन गर्ने क्रममा भेटिएका अखाद्य बस्तु, अखाद्य रग, म्याद सकिएका दैनिक उपभोग्य बस्तुहरुलाइ जनप्रतिनिधिहरुकै रोहबरमा नस्ट समेत गरिएको छ । अनुगमन टोलिले भरतपुरको लकुमा रहेको गुराँस पाउरोटी उद्योगमा समेत निरीक्षण गरेको छ ।
आम उपभोक्तालाई राहत दिनका लागी भन्दै भरतपुर महानगर गत भदौ महिना देखि बजार अनुगमनमा सक्रिय छ । हाल सम्म महानगरले एक सय भन्दा बढी पसलहरुमा अनुगमन गरिसकेको जनाएको छ ।