काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डा. बिच्छालाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् । यसअघि, डा. दीपेन्द्ररमण सिंहले सम्हालिरहेको जिम्मेवारी डा. बिच्छालाई दिइएको हो ।
डा. सिंहलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । यसअघि, कान्ति बाल अस्पतालको निर्देशक रहेका डा. बिच्छा उमेर हदका कारण आउँदो असोजमा अनिवार्य अवकाश पाउँदै छन् ।