काठमाडौं । अफगानिस्तानमा राष्ट्रपति भनन नजिकै बम विष्फोट भएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी काबुलको केन्द्रमा विष्फोट भएको हो । विष्फोट भएको क्षेत्र नजिकै राष्ट्रपति भवन, सरकारी आवास तथा कूटनीतिक नियोगका कार्यालयहरु रहेका बीबीसीले जनाएको छ ।
यसैबीच, अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा पनि आक्रमण भएको जनाइएको छ ।
राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा मंगलबार राति बम बिस्फोट भएको समाचार छ । रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन् ।