काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मीबाहेक अन्य सरकारी सेवा सुविधा नलिने घोषणा गरेको छन् ।
आफ्नो १ सय दिने कार्ययोजना प्रस्तुत गर्दै आज भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले गाडी, आवास र तलब–भत्ता नलिने बताएका हुन् ।
उनले राज्यमन्त्रीको कार्यकालभर आफू संलग्न भएका सबै व्यावसायिक संघ संस्थाबाट राजीनामा दिने पनि बताए ।