दाङ । दाङमा बैंकको एटीएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवाश बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेका छन् ।
प्रहरीका प्रहरीका अनुसार उनीहरूले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटीएम तोडफोड गरेका थिए । एटीएम तोडफोड गरेपनि पैसा झिक्न नसकेकाे प्रहरीले जनाएको छ ।
त्यसपछि फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते घोराही-१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डीएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।