काठमाडौं । कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु, २५६८ जना संक्रमित थपिएका छन । बाह्र हजार ६३६ ओटा नमुनाको परीक्षण गर्दा दुुई हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।