काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएराति आएको बाढीले ३९ घर बगाएको छ । हेलम्बु गाउँपालिका–७ चनौटेस्थित मेलम्ची खोलामा आएको बाढीले १९ ओटा पक्की घर, १५ ओटा कच्ची घर बगाएको हो ।
प्रहरीका अनुसार एउटा गोठ, एउटा फर्निचर, एउटा पक्की पुल, एउटा झोलुङ्गे पुल बगाएको छ । यस्तै दुईओटा पक्की पुल, एउटा पक्की र दुई कच्ची घरसमेत पुरिएको छ । सो क्षेत्रमा विद्युत तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।