चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले साउन २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोभिड १९को संक्रमणको जोखिम उत्तिकै रहेको र डेल्टा भेरियण्ट भाईरस समेत पुष्टि भएको भन्दै साउन २४ गतेसम्म निशेधाज्ञा थपिएको हो ।
अघिल्लो साता जारी गरिएको निशेधाज्ञा आज राती १२ बजे सकिदैछ ।
प्रशासनले निशेधाज्ञालाई केही खुकुलो बनाउंँदै र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आफ्नो पेशा व्यापार, व्यवसाय चलाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा भौतिक रुपमै उपस्थित भई कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव, धार्मिक संस्कारका कार्य सञ्चालन गर्न नपाइने उल्लेख छ ।
भौतिक रुपमा नै उपस्थित भई गर्नुपर्ने साधारण सभाको लागि मापदण्ड पालना गरी सिमित व्यक्तिको उपस्थित जनाई प्रशासनसँग स्विकृति लिनुपर्ने हुन्छ । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन ।
साथै तोकिएका परीक्षा सञ्चालन गर्दा जेड आकारमा सिट प्लान गर्ने र एउटा कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने उल्लेख गरिएको छ । यस्तै लामोदुरीका अन्र्तजिल्लाका सवारीसाधनहरु ट्राफिक कार्यालयको समन्वयमा सिमित संख्यामा सञ्चालन गर्न पाइने उल्लेख छ । यस्तै जिल्लामा सवारी सार्वजनिक सवारी साधनहरु जोरविजोर प्रणाली अनुसार सञ्चालन गर्नुपर्ने छ । अन्य नियमहरु पुरानै आदेश बमोजिम अनुसार सञ्चालन गर्न पाईने जारी आदेशमा उल्लेख छ ।
यसअघि गरिएको निशेधाज्ञामा सात दिनको दरले निशेधाज्ञा थपिंँदै आएको थियो ।
जोखिम कायम रहेको भन्दै चितवनमा साउन २४ सम्म निशेधाज्ञा थप गरियो
जोखिम कायम रहेको भन्दै चितवनमा साउन २४ सम्म निशेधाज्ञा थप गरियो
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु


