चितवन । खाना र खेतीपातीका विज्ञ डा कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र नम्बर २ उमेदवारी दिने घोषणा गरेका छन् ।
आज चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विज्ञ पौडेलले चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दिने बताएका हुन् । उनी भरतपुर २ क्षेत्रपुरका बासिन्दा हुन् ।
पत्रकार सम्मेलनमा उनले भने, ‘चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने निर्णय गरेको छु ।’ ६० वर्षका पौडेल ३० वर्षभन्दा बढी समय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा काम गरेका छन् । उनी विगतमा नेकपा एमालेका विभिन्न समितिमा बसेका थिए । विज्ञ पौडेलले हाल खाना र खेतीपातीका लागि समुदायमा परामर्श गर्दै हिँडेका छन् ।