चितवन। चितवनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भरतपुर महानगरपालिका ६ देवनगरकी ५१ वर्षीया माया बिक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) दिउँसो १२ बजे बिकसँगै १०/१२ देवनगर स्थित दक्षिणकाली सामुदायिक बनमा घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा बिकलाई अचानक हात्तीले आक्रमण गरि मृत्यु भएको हो।
मृतक बिकको शव पोष्ट मार्टमको लागि सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।