चितवन । माडी नगरपालिकाले विधेयक समितिको संयोजकमा माडी ९ का वडाध्यक्ष घनश्याम दवाडीलाई चयन गरेको छ। बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले विधेयक समितिको संयोजकमा दवाडीलाई चयन गरेको हो।
त्यस्तै, समितिको सदस्यद्वयमा चन्द्र कुमारी बानियाँ र दीपेन्द्रराज पौडेल रहेका छन् ।
नगरपालिकाको कार्यसम्पादनलाई सहज बनाउन कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४ को दफा १५ को उपदफा १ बमोजिम ६ वटा कार्यपालिका समिति गठन हुनेक्रममा विधेयक समिति समेत गठन भएको हो ।