चितवन । माडी नगरपालिकाको वातावरण तथा बिपद् व्यवस्थापन समितिको संयोजकमा माडी ८ का वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारी चयन भएका छन्। बिहीबार बसेको नगर कार्यपालिकाको बैठकबाट बैठकले भण्डारीलाई संयोजकमा चयन गरेको हो । त्यस्तै, समितिको सदस्यमा अमित कुमार लामा र सबिता महतो रहेका छन्।
समितिले वातावरण संरक्षण, वातावरणमैत्री विकास निर्माण एवं विभिन्न खाले बिपद्को जोखिम न्युनिकरण सम्बन्धी कामकाजको सहजिकरणको जिम्मेवारी पाएको हो ।