चितवन । नेपाल राष्ट्रिय प्राध्यापक संगठन कृषि र पशुविज्ञान अध्ययन संस्थान समन्वय समितिले रामपुर क्याम्पस खैरहनीको क्याम्पस प्रमुख नियुक्तिको विषयमा आएका अभिव्यक्ति तथा सोसँग सम्बन्धित विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका उपाध्यक्ष रेखा सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा क्याम्पस प्रमुख चयन गर्ने विषय त्रिविको नियमानुसार हुने भएकोले अनुचित विद्यार्थी संगठनले दिने अनेको अभिव्यक्ति तथा त्यससँग सम्बन्धित कार्यको भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा प्राध्यापकमाथि नै हुने अनुचित आरोप लगाइएको र त्यस्तो अशोभनीय कार्य नदेखाउन अनुरोध गरिएको छ ।