चितवन । माडी नगरपालिकाको कालिका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई बिहीबार शैक्षिक सामग्री वितरण गरिएको छ ।
कालिका आधारभुत विद्यालयमा अध्ययनरत १३९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकन्ठ काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको व्यवस्थापन रोहन गैरे लगायतले गरेको थियोे ।
शैक्षिक सामग्री वितरण कार्यक्रम नारायणी नमुना माध्यमिक विद्यालय र हेप्पीनेस क्लबको सयुक्त आयोजनामा कार्यक्रम भएको हो ।