माडी । माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना गाडीका सहचालका पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत आछाम घर भइ ससुराली घर बस्दै आएका बर्ष ३० का कृष्ण बिक रहेका छन । बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
इलाका प्रहरी कार्यलय माडीले दिएको जानकारी अनुसार स्थानीय बालिका बलात्कार गरे पछि उनी भागेर भरतपुर तर्फ लागेको भन्ने सुचनाको आधारमा खोज तलास गर्दै जांँदा आज बिहान सांँढे ८ बजे चोकबजारबाट पक्राउ गरेको हो । भागेर भारत जान लागेका उन गाडी भाडा नभएपछि नारायणगढमै रोकिएको अबस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
उनी बिगत २ महिनादेखि नारायणगढ माडी ठोरी रुटमा चल्ने गाडीमा सहचालकको काम गर्दै आएका थिए । बलात्कृत बालिकाको सवासथ्य अवस्था सामान्य रहेको छ ।