खैरहनी । खैरहनी नगरपालिका वडा नं १ बहेरी गाउँनजिक चउरबाट लागूऔषध सेवन तथा बिक्री बितरण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नाइट्राजेपाम ३६ ट्यावलेटसहित ३४ वर्षका सुमन रोक्का, समिर चौधरी र रत्ननगर १४ बस्ने वर्ष २५ को शुरेस मोक्तानलाई पक्राउ गरी लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।