चितवन । नवलपुरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। जिल्लाको नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार बिहान ट्रकले पैदलयात्री सोही ठाउँ निवासी ६५ वर्षका मानबहादुर दमैको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१ नम्बरको ट्रकले मानबहादुरलाई ठक्कर दिएको थियो।
शव पोस्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ भने, ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।