चितवन । चितवनका नदी तथा खोलाहरुमा पानीको बहाब बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले चितवनका विभिन्न नदी तथा खोलाहरुमा पानीको बहाब बढ्ने जनाएको छ ।
नदी आसपासका क्षेत्र र होचा स्थानामा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । चितवन, नवलपरासी, तनहुँ, कास्की र आसपास भई बहने केही साना नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुने अनुमान गरिएको छ ।