चितवन । बाल्मीकि शिक्षा सदन भरतपुरका सनिस सापकोटाले ४ जिपिए ल्याएका छन् ।
भरतपुर ४ घर भएका सापकोटाले एसईईको नतिजामा ४ जिपिए ल्याएका हुन् । उनले सबै विषयमा ४ जिपिए ल्याएका हुन् ।
बाल्मीकि शिक्षा सदन प्रिन्सिपल प्रदीप पौडेलले सापकोटा मेधावी छात्र रहेको बताएका छन् । यस अघिपनि बाल्मीकिबाट ४ जिपिए ल्याउने विधार्थीहरु रहेको पौडेलले बताए । उनले, चितवनको संस्थागत विद्यालयमा ४ जिपिए ल्याउने विधार्थी सनिस मात्र रहेको दावी गरे ।