चितवन । भरतपुरमा श्रीमानले खुकरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
श्रीमतीको हत्यापछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको समेत मृत्यु भएको छ ।
हिजो (आइतबार) साँझ १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरमा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
तीन तलाबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको हो ।
दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।