चितवनमा एकसाता निशेधाज्ञा थप ः अत्याबश्यक यातायात परीक्षा बाहेक पुरानै नियमलाई निरन्तरता
चितवन । चितवनमा जारी निशेधाज्ञा पुनः एकसाताको लागि थप गरिएको छ । साउन १४ सम्म थपिएको निशेधाज्ञामा अत्यावश्यक यातायातका साधन र परीक्षा बाहेक पुराना नियमलाई निरन्तरता दिइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय, चितवनले आदेश जारी गरी लामो तथा छोटो दुरीका अत्यावश्यक सवारीसाधन र परीक्षालाई केही खुकुलो गरी साउन१४ गते राती १२ बजेसम्म लम्ब्याइएको जानकारी दिएको हो ।
जिल्लामा सक्रिय संक्रमित कम नभएको र जोखिम कायम रहेको भन्दै निशेधाज्ञा थपिएको कार्यालयको भनाई छ । जारी निशेधाज्ञा आज बिहिबार राती १२ बजे सकिंदैछ ।
थपिएको निशेधाज्ञामा अघिल्ला निशेधाज्ञा भन्दा उल्लेखित क्षेत्रमा केही खुकुलो गरिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । जसअनुसार अत्यावश्यक अन्र्तजिल्ला यातायात र जिल्लामा हुने परीक्षाका तालिका बाहेक अन्य नियमहरु अघिल्ला नियमलाई निरन्तरता दिईएको छ । ‘अत्याबश्यक लामो तथा छोटो दुरीका यातायात र केही लोकसेवा, चिकित्सा शास्त्र लगायतका टियुका परीक्षालाई यसपटक खुकुलो बनाईएको हो ।’ कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले भने । उनका अनुसार यसअघि जिल्लामा जोर बिजोरको प्रणालीबाट नीजि तथा भाडाका सवारी सञ्चालनमा आएपनि भोलिदेखि सम्बन्धित जिल्ला प्रशासनको सिफारीशमा अत्याबश्यक छोटो तथा लामो दुरीका सवारीसाधनलाई अन्र्तजिल्ला प्रवेश गर्न दिईने छ । यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी तोकिएका परीक्षा सञ्चालन गर्न पाईने पौडेलले जानकारी दिए ।


