चितवन । माछापुच्छ्रे बैंकको टांँडी शाखाको एटीएम फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रत्ननगरनगरपालिका वडा नम्बर २ आर्दशनगरका पुष्प भनिने भरत परियार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गएराती १२ बजेर ३७ मिनेटको समयमा रत्ननगरनगरपालिका वडा नम्बर १ स्थित रहेको माछापुच्छ्रे बैंक टांँडी शाखामा एटीएम बुथ भित्र छिरेर तोडफोड गर्ने क्रममा प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिने क्रममा परियार भागेका थिए । सिसीटीभी फुटेजको आधारमा परियारलाई खोज्ने क्रममा आज बिहान ११ बजे रत्नननगरनगरपालिका वडा नम्बर २ एफएम डांँडाबाट पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।