चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ स्थित नारायणगढ मुग्लिन सडकखण्डमा तीन ट्रक एकापसमा ठोक्किएको छ ।
आज (शनिबार) बिहान १० बजे नारायणगढ मुग्लिन सडकको जलबिरेमा तीन ट्रक एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ९०५९, ना ६ ख ६८५ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको आपसमा ठोक्किएका हुन् ।
घाइते हुनेहरुमा प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको ट्रकका ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ७ बस्ने २३ वर्षीय दीपक सुनार र सह-चालक पर्साका ४२ वर्षीय असम मुनियन रहेका छन् ।
घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको ईलाका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै दुर्घटनाका कारण केहिबेर राजमार्ग अवरुद्ध भएको थियो । अहिले भने दुर्घटनाग्रस्त ट्रक हटाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जानकारी दिए।